सप्तरीमा कोरोनाको लक्षण देखिएका तीन जनाको मृत्यु, पीसीआर रिपोर्ट आउँन बाकि – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

सप्तरीमा कोरोनाको लक्षण देखिएका तीन जनाको मृत्यु, पीसीआर रिपोर्ट आउँन बाकि

2 years ago
A A
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम : कोरोना संक्रमणसँग सम्बन्धित लक्षण देखिएका तीनजनाको सप्तरीमा मृत्यु भएको छ। मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसेका एक जना र सप्तरीको छिन्नमस्ता अप्टिकलमा उपचार गराइ रहेका दुई जनाको मृत्यु भएको हो।

४५ दिन पहिले मलेसियाबाट आएका सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ५ गढियाका ४५ वर्षीय पुरुषलाई मंगलवार एक्कासी ज्वरो आएको र श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि धरान पठाइएकोमा मंगलवार राति बाटोमै उनको मृत्यु भएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले जानकारी दिए।

त्यस्तै, निजी अस्पतालमा उपचार गराई रहेका अन्य दुई जनाको मृत्यु बारे आफूहरुलाई विस्तृत जानकारी नरहेको मेसु डा झाले बताए।

मृतक तीनै जनाको स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान पठाइएको मेसु झाले बताए। लक्षण देखिएका ४५ वर्षीय पुरुषको मृत्यु भएपछि उनका परिवारले शव घर लगेपनि पछि अस्पतालले स्थानीय प्रशासनलाई खबर गरेर शव प्रहरीको जिम्मा लगाइएको छ।

त्यस्तै, निजी अस्पतालमा मृत्यु भएका दुई जनामध्ये एक जनाको शव अस्पतालमा रहेको र अर्का एकजनाको शव अस्पतालले आफूहरुलाई जानकारी नदिई परिवारजनको जिम्मा लगाएको र प्रशासनकै सहयोगमा उनको शव समेत प्रहरीकै जिम्मामा राखिएको मेसु डा झाले बताए। सप्तरीमा कोरोना पुष्टि भएका एक जनाको मृत्यु भएको छ। हाल जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ।

Previous Post

बलिउड चर्चित अभिनेत्री काजोलको आज जन्मदिन

Next Post

बलिउड अभिनेत्री सन्नी लियोनीको यो तस्विर दश लाख भन्दा बढीले हेरिसके

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • २९ अर्ब बढी राजस्व सङ्कलन

    5 shares
    Share 0 Tweet 0
  • राष्ट्रपती विद्यादेवी भण्डारीले विष्णु माझीलाई “प्रवल जनसेवाश्री” पदकले सम्मान गर्ने’ भिडियो

    0 shares
    Share 0 Tweet 0
  • कोरियामैत्री अस्पताललाई महानगरको भेन्टिलेटर सहयोग

    0 shares
    Share 0 Tweet 0
  • भगवान् पशुपतिनाथले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस् तपाईँकाे आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • नायिका रिचा शर्माले लेखिन् यस्तो मन छुने शब्द

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM