जनकपुरधाम । भारतको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरको भूमि पूजन समारोहमा सहभागि हुन जनकपुरधामको प्रसिद्ध मन्दिर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव प्रस्थान गर्नु भएको छ ।
अयोध्यावाट महन्थलाई विशेष निम्ता दिएको थियो । माता जानकीको माइतीको प्रतिनिधित्व गर्दै महन्थ सरिक भइरहेका छन । आज विहानै अयोध्याका लागि प्रस्थान गर्नु भएको थियो तर महोत्तरीको भिठ्ठामोड भन्सारमा प्रहरीले भारत तर्फ जान दिएको थिएन । त्यसपछि प्रशासनको जनकपुर र जलेश्वरमा निकै विरोध भएको थियो ।
जिल्ला प्रशासनले सास दिएपछि जानकी मन्दिरको महन्थ केही घण्टापछि प्रस्थान गरेका छन ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको शिलान्यास गर्ने बुधवार कार्यक्रम रहेको छ । सो समारोहमा सीमित साधुहरुलाई मात्रै आमन्त्रण गरिएको छ । महन्थले राम मन्दिरको भूमि पूजनका लागि जानकी मन्दिरवाट माटो, पाँचवटा चाँदीको ईटा पनि लग्नु भएको छ । हाम्रो लागि मात्रै नभई पूरै नेपालीका लागि गौरवको क्षण रहेकाले आफू भूमि पूजनमा सरिक भइरहेको छु महन्थले भने ।
सीताको भगवान रामसंग त्रेता युगमा विहे भएकाले मिथिला र अबधको विशेष सम्बन्ध रहेको छ । प्रत्येक वर्ष रामजानकी विवाहपञ्चमी महोत्सवमा अयोध्यावाट जन्ती जनकपुरधाम आउने गर्छन भने अयोध्याका प्रमुख उत्सवमा जानकी मन्दिरका महन्थ सहभाथि हुने गर्छन ।
यता भोलि बुधवार हुने भूमि पूजन समारोहलाई लिएर जनकपुरधामबासी पनि उत्साहित देखिएका छन । साँझ जनकपुरधाममा दीपावली मनाउने निर्णय गरिएको छ ।
Discussion about this post