23.3 C
Nepal
Wednesday, November 25, 2020

मिथिलामा विभिन्न विधिसाथ आज बाट छठपर्व शुरू

जनकपुर धाम, मङ्सिर ३ गते । दीपावली पर्व सकेर मैथिलले अब लोकआस्थाको पर्व छठ व्रत विधि शुरु गर्दैछन् । कात्तिक शुक्ल द्वितीयाका दिन ‘भरद्वितीया’ भैयादुज, भातृद्वितीया पनि भनिने भाइटीका० दीपावली ९यमपञ्चक० सम्पन्न भएसँगै मैथिल ९मिथिलाका बासिन्दा० आज बुधबारदेखि श्रद्धा र निष्ठापूर्वक मनाइने पर्व छठ व्रत शुरु गर्न लागेका हुन् । व्रत विधिअनुसार आज पहिलो दिन बर्तालुले ‘नहाय–खाय’ विधि सम्पन्न गर्नेछन् ।
कात्तिक शुक्ल चतुर्थी ९चौथी० देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ सम्पन्न गरिने छठपर्व यसपालि आज बुधबार शुरु हुँदैछ । सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो अर्थात् चौथी तिथिका दिन बर्तालुले हातगोडाका नङ काटेर पवित्र स्नान गर्दै चोखोनितो खाएर व्रत सङ्कल्प गर्दछन् । यसलाई मिथिलामा ‘नहाय–खाय’ भनिन्छ । यद्यपि बर्तालुले यसअघि एक दिनपूर्व नै ‘अरवाअरवाइन’ विधिअनुसार चाेखोनितोको ख्याल शुरु गरिसकेका छन् ।
त्यसैगरी दोस्रो दिन पञ्चमी तिथिका दिन बर्तालुले दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिरमात्र इष्टदेवलाई चढाएर परिवारजनसहित प्रसादस्वरुप खाने गर्छन् । दोस्रो दिनको यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । पर्वको मुख्य दिन षष्ठी तिथिका दिन बर्तालुले निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यदेवलाई अघ्र्य दिन्छन् । यसक्रममा ठकुवा, भुसुवा ९कसार०, अन्य मिष्ठान्न परिकार, केरा, दहीसहितका सामग्री सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ भनिन्छ । षष्ठीको रात सूर्यदेव र षष्ठीमाता ९सूर्यदेवकी पत्नी० को आराधना गर्दै घाटमै रात बिताउने चलन छ । यद्यपि यसपालि कोभिड–१९ सङ्क्रमण सन्त्रासले धेरैजसो बर्तालुले घरआँगनमै व्रत विधि सम्पन्न गर्ने तयारी गरेका छन् ।
पर्वको अन्तिम अर्थात् सप्तमी तिथिका दिन सखारैदेखि पानीमा चोबलिएर सूर्यदेवलाई चाँडैदेखिन पुकारा गर्दै बर्तालुले गीत गाउँछन् । सूर्य क्षितिजमा देखिनासाथ अघिल्लो साँझ अघ्र्य देखाइएका सामग्री उदाउँदा सूर्यलाई देखाउँदै दोस्रो अघ्र्य दिएपछि पर्व विधिवत सम्पन्न गरिन्छ । मिथिलामा अन्तिम दिनको विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।
पर्व सम्पन्न भएसँगै बर्तालुले घर फर्केर ९घाट जानेहरु० ब्राह्मण, गरिब, आशामुखीलाई अन्नदान गरी भोजन गर्दछन् । यससँगै छठपर्वको प्रसाद खाने खुवाउने क्रम शुरु हुन्छ । मिथिलामा छठको प्रसाद इष्टमित्र, छोरीचेली र आफन्तकहाँ पुर्याउने क्रम १०÷१५ दिनसम्म चलिरहन्छ ।
मिथिलामा वर्षको दुईपटक छठपर्व मनाउने परम्परा छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई शारदीय र चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई वासन्ती छठ भनिन्छ । यद्यपि जनजनलाई परिचालित गर्ने भने शारदीय छठ नै हो ।
मिथिलाका सबै भेगमा अहिले बजारु चहलपहल निकै बढेको छ । पर्वमा गुवोसहित उखुको लाँक्रा, ज्यामिर, अदुवाको बोट व्रत विधिमा देखाइने हुँदा यस्ता कृषि उपजले राम्रो बजार पाएका छन् । त्यसैगरी यस पर्वका मिष्ठान्न परिकार ठकुवा, भुसुवासहितका सामग्री मिठ्ठा ९सक्खर० मा बनाइने चलनले अहिले आम उखु किसान सक्खर बनाउन र बजार पुर्याउन व्यस्त देखिएका छन् ।
पर्वमा सूर्यदेव र षष्ठीदेवीलाई चढाइने मुख्य प्रसाद सामग्री ठकुवा ९गहुँको पिठोबाट बनाइने मिष्ठान्न परिकार०, भुसुवा ९कसार० को पिठो घरमै ढिकी, जाँतो र ओखलमा अत्यन्त पवित्रताका साथ तयार गर्ने चलनले मिथिलाका सबै घरमा अहिले पर्वको चटारो देखिन्छ । पर्वमा प्रसाद सामग्री राख्न बाँसका चोयाले बनेका र माटाका शुद्ध नयाँ भाँडाको प्रयोग गरिने परम्पराले यस्ता सामग्रीको जताततै बजार जमेको देखिँदो छ ।
छठपर्व ९व्रत० गर्नाले मनोवाञ्छित फल पाइने, सन्तान सुख प्राप्त हुने र रोगव्याध नलाग्ने मैथिल जनविश्वास छ । खासमा चर्मरोग सूर्यको उपासनाले निको हुने विश्वास गरिन्छ । पछिल्ला केही दशकयता आपसी घुलमिलले छठपर्व पहाडी मूलका हिन्दू मात्र नभएर भाकलका रुपमा फरक धर्म संस्कृतिका जाति समुदायले पनि मनाउन थालेपछि यो पर्व मिथिलाको साझा पर्वको रुपमा विकास हुँदैछ । सबै जाति, धर्म, सम्प्रदाय र व्यक्ति–व्यक्ति परिचालित हुने हुँदा छठपर्व लोकआस्थाको पर्व बनेको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्र विमल बताउनुहुन्छ ।
बाँसको सामग्री बनाउन मरिक समुदाय व्यस्त
सुनसरीमा छठलक्षित बाँसका सामग्री बनाउन मरिक समुदायका मानिस व्यस्त भएका छन् । यही मङ्सिर ५ गते हुने आस्था र निष्ठाको पर्व छठ आउन दुई दिन मात्र बाँकी रहेका बेला मरिक समुदाय छठमा प्रयोग हुने बाँसका विभिन्न सामग्री बनाउन व्यस्त बनेका हुन् ।
सुनसरी सदरमुकाम इनरुवा–१ का मरिक बस्तीदेखि जिल्लाको विभिन्न स्थानीय तहमा रहेका मरिक समुदायले दिनरात एक गरेर छठलक्षित बाँसका साग्रमी बनाउन व्यस्त बनेका छन् । जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा रहेका मरिक समुदाय बाँसका सामग्री बनाउन व्यस्त बनेका हुन् । मरिक समुदायले छठमा प्रयोग हुने कोनिया, ढाकी, नाङ्लोलगायतका बाँसका सामग्री बनाउन व्यस्त बनेको वीरेन्द्र मरिकले बताउनुभयो । छठ नजिएको बेला बाँसका सामग्रीको माग अत्यधिक हुने गरेको र त्यो बेला बनाउनका लागि भ्याइनभ्याई हुने भएकाले एक महिनाअघिदेखि नै बाँसका सामग्री बनाउन लागेको मरिक समुदायले बताएका छन् ।
अहिले गाउँगाउँबाट रु १५० देखि २५० सम्म बाँस किनेर ल्याई छठमा प्रयोग हुने सामग्री बनाउन लागेको गीता मरिकले बताउनुभयो । छठपर्वमा बाँसकै सामग्री बढी मात्रामा आवश्यक पर्ने भएकाले वर्षभरि आम्दानी गर्न नपाएका मरिकलाई यस पर्वको बेला राम्रो आम्दानी अवसरसमेत भएकाले व्यस्त हुने गरेका छन् । राम्रो आम्दानी गर्ने उद्देश्यका साथ एक महिना अगाडिदेखि नै बाँसका सामग्री बनाउन उनीहरु व्यस्त भएका छन् । बाँसको साम्रगी अरु बेला कमै मात्र बिक्री हुने गरेको भए पनि पर्वमा अत्यधिक मात्रामा बिक्री हुने गरेको मरिक समुदायका स्थानीयवासीको भनाइ छ । छठपर्व गर्नेहरु प्रत्येक वर्ष बढेकाले आफूहरुलाई बाँसका सामग्री सबैलाई पुर्याउन नै गाह्रो हुने भएकाले यतिबेलादेखि नै सामग्री बनाउन मरिकहरु व्यस्त बनेका हुन् । छठमा बाँसको सामग्री पुर्याउन आफूहरु महिना दिनअघिबाट नै काममा व्यस्त हुने गरेको भटाइ मरिकको भनाइ छ ।
हरिनगरा र भुटहाबाट रु १५० देखि २५० सम्ममा बाँस खरिद गरी सामग्री बनाई स्थानीयवासीको छठलाई सहज पार्ने प्रयासमा आफूहरु रहेको राधे मरिकले बताउनुभयो । यता भुटाहाका मरिकहरुजस्तै लौकही, श्रीपुर, मध्यहर्षाही भोक्राहा, इनरुवा, डुम्राहा र झुम्काका मरिकहरुसमेत छठलक्षित बाँसका सामग्री बनाउन व्यस्त रहेको पाइएको छ । यसरी मरिक समुदाय आधुनिकतासँगै बाँसको सामग्रीको माग घटेको बेला चाडपर्वमा बाँसको सामग्री बिक्री हुने भएकाले त्यसैमा चित्त बुझाउन बाध्य छन् । – रासस

पढनै पर्नी

कुलेश्वरमा विभिन्न बैंकको ११ थान चेकबुक र रकमसहित सात जुवाडेलाई पक्राउ

काठमाडौँ, मङ्सिर २ गते । नेपाल प्रहरीले रु दुई लाख ३८ हजार ८५० नगद र रु सात लाख ९४ हजार ८७० बराबरको विभिन्न बैंकको चेकसहित...

ग्लोबल टाइम्सले लगाएको आरोपप्रति कांग्रेस केन्द्रीय समितिको गम्भिर ध्यानाकर्षण

काठमाडौं । पछिल्लो सयम चीनको मुख पत्र ग्लोबल टाइम्स पत्रिका र नेपाल स्थित रहेको चिनियाँ दूतावासले नेपाली काँग्रेसलाई बदनाम गर्ने कोशिस गरिहेको छ। जसको...

बेरोजगारीलाई रोजगारी दिन कार्यविधी जारी : काठमाडौँ महानगरपालिका

काठमाडौँ, कात्तिक २८ गते । काठमाडौँ महानगरपालिकाले बेरोजगारीलाई रोजगारी दिन कार्यविधी जारी गरेको छ । पारिश्रमिक कार्यविधि, २०७७ जारी भएसँगै महानगरले कोभिड–१९ का कारण बेरोजगार...

धन्वन्तरी जयन्ती र आरोग्य दिवस आज देशभरमा मनाउदै

काठमाडौँ, कात्तिक २८ गते । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्य दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हेर्नु पर्ने

- Advertisement -

ताजा समाचार

भारतमा थप ४३ चिनियाँ एपमाथि प्रतिबन्ध

काठमाडौं- भारतले ४३ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । भारतको विद्युतीय तथा सूचन प्रविधि मन्त्रालयले ४३ एपमाथि प्रतिबन्ध लगाउन आदेश जारी गरेको हो । यी एप...

ठेक्का लिएर सम्झौता अनुसारको काम नगरेपछि आधा दर्जन निर्माण कम्पनी कालोसुचीमा

काठमाडौंः ठेक्का लिएर सम्झौता अनुसारको काम नगरेपछि आधा दर्जन निर्माण कम्पनीहरू कालोसूचीमा परेका छन्। ठेक्का दिएका र अनुगमन गरिरहेका निकायको सिफारिसमा निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखिएको...

चिनियाँ हस्तक्षेप विरुद्ध काठमाडाैंमा प्रदर्शन (भिडियो)

काठमाडौं -  चिनियाँ हस्तक्षेपको विरुद्धमा काठमाडौंमा आज प्रदर्शन भएको छ । स्वतन्त्र युवाको समूहले शनिबार बिहान प्रदर्शन गरेका हुन्। प्रदर्शनमा आएकाहरुले ‘ब्याक अफ चाईना’, 'भुमि...

राष्ट्रिय कविता महोत्सव मङ्सिरमा

काठमाडौं –  नेपाल प्रज्ञा प्रतिष्ठानले स्थगित राष्ट्रिय कविता महोत्सव आगामी मङ्सिरको चौथो साता भौतिक दूरी कायम गरी सम्पन्न गर्ने निर्णय गरेको छ । उक्त महोत्सव...

जयनगर–कुर्था रेलमार्ग सहकार्य सम्बन्धि नेपाल–भारत संयुक्त कार्यदलबीच छलफल

काठमाडौँ – रेलमार्ग सहकार्य सम्बन्धी भारत–नेपाल संयुक्त कार्यदलको चौथो बैठक शुक्रबार भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको छ। बैठकमा भारत सरकार रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक...