11 C
Nepal
Thursday, November 26, 2020

मुम्बईलाई पाचौँ पटक आईपीएल क्रिकेटको उपाधि,फाइनलमा दिल्ली ५ विकेटले पराजित

२६ कार्तिक २०७७ एजेन्सी- इन्डियन प्रिमियर लिग (आईपीएल) को १३औँ संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ। मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले फाइनलमा पराजित गर्दै पाँचौँ पटक उपाधि हात पारेको हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा दिल्लीले टस जित्दै पहिलो ब्याटिङ गरेको थियो। दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो। मध्यम लक्ष्य पछ्याएको मुम्बईले १८.४ ओभरमै ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।

मुम्बईको सहज जितका लागि कप्तान तथा ओपनर रोहित शर्माले ६८ रन जोडे। त्यस्तै इशान किसनले ३३ तथा क्वीन्टन डि ककले २० रन बनाए। यसैगरी सूर्यकुमार यादवले १९ रनको योगदान गरे।

दिल्लीका एनरिच नोट्र्जेले २ तथा कगिसो रबाडाले १ विकेट लिए। त्यस्तै मार्कस स्टोनिसले १ विकेट हात पारे।

यसअघि ब्याटिङ गरेको दिल्लीका लागि कप्तान श्रेयस अयरले ६५ रन बनाएका थिए। त्यस्तै रिसभ पन्तले ५६ रन जोडेका थिए भने शिखर धवनले १५ रन जोडेका थिए। यसबाहेक अन्य ब्याटसमेनले भने दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

दिल्लीलाई सस्तैमा रोक्न मुम्बईका ट्रेन्ट बोल्टले धारिलो बलिङ गर्दै ३ विकेट लिए। त्यस्तै नाथन कोल्टर निलले २ र जयन्त यादवले १ विकेट हात पारे। हारसँगै पहिलो पटक फाइनल पुगेको दिल्लीले भने उपविजेतामै चित्त बुझाउनु पर्‍यो।

लगातार आईपीएलको उपाधि जित्ने मुम्बई दोस्रो टिम
मुम्बई लगातार आईपीएलको उपाधि जित्ने दोस्रो टिम बनेको छ। यसअघिको १२औँ संस्करणको आईपीएल उपाधि मुम्बईले नै जितको थियो। उसले फाइनलमा चेन्नई सुपर किंसलाई १ रनले पराजित गर्दै रोमाञ्चक रूपमा उपाधि हात पारेको थियो।लगातार आईपीएलको उपाधि जित्ने पहिलो टिम भने चेन्नई हो। उसले सन् २०१० र २०११ को आईपीएल उपाधि जितेको थियो।

कोरोना महामारीका कारण मिति र स्थान परिवर्तन गर्दै १३औँ संस्करणको आईपीएल सेप्टेम्बर १९ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु भएको थियो। फाइनल सकिएसँगै आईपीएलको यो सिजन नाभेम्बर १० मा सकिएको छ।

पढनै पर्नी

कुलेश्वरमा विभिन्न बैंकको ११ थान चेकबुक र रकमसहित सात जुवाडेलाई पक्राउ

काठमाडौँ, मङ्सिर २ गते । नेपाल प्रहरीले रु दुई लाख ३८ हजार ८५० नगद र रु सात लाख ९४ हजार ८७० बराबरको विभिन्न बैंकको चेकसहित...

ग्लोबल टाइम्सले लगाएको आरोपप्रति कांग्रेस केन्द्रीय समितिको गम्भिर ध्यानाकर्षण

काठमाडौं । पछिल्लो सयम चीनको मुख पत्र ग्लोबल टाइम्स पत्रिका र नेपाल स्थित रहेको चिनियाँ दूतावासले नेपाली काँग्रेसलाई बदनाम गर्ने कोशिस गरिहेको छ। जसको...

बेरोजगारीलाई रोजगारी दिन कार्यविधी जारी : काठमाडौँ महानगरपालिका

काठमाडौँ, कात्तिक २८ गते । काठमाडौँ महानगरपालिकाले बेरोजगारीलाई रोजगारी दिन कार्यविधी जारी गरेको छ । पारिश्रमिक कार्यविधि, २०७७ जारी भएसँगै महानगरले कोभिड–१९ का कारण बेरोजगार...

धन्वन्तरी जयन्ती र आरोग्य दिवस आज देशभरमा मनाउदै

काठमाडौँ, कात्तिक २८ गते । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्य दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हेर्नु पर्ने

- Advertisement -

ताजा समाचार

भारतमा थप ४३ चिनियाँ एपमाथि प्रतिबन्ध

काठमाडौं- भारतले ४३ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । भारतको विद्युतीय तथा सूचन प्रविधि मन्त्रालयले ४३ एपमाथि प्रतिबन्ध लगाउन आदेश जारी गरेको हो । यी एप...

ठेक्का लिएर सम्झौता अनुसारको काम नगरेपछि आधा दर्जन निर्माण कम्पनी कालोसुचीमा

काठमाडौंः ठेक्का लिएर सम्झौता अनुसारको काम नगरेपछि आधा दर्जन निर्माण कम्पनीहरू कालोसूचीमा परेका छन्। ठेक्का दिएका र अनुगमन गरिरहेका निकायको सिफारिसमा निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखिएको...

चिनियाँ हस्तक्षेप विरुद्ध काठमाडाैंमा प्रदर्शन (भिडियो)

काठमाडौं -  चिनियाँ हस्तक्षेपको विरुद्धमा काठमाडौंमा आज प्रदर्शन भएको छ । स्वतन्त्र युवाको समूहले शनिबार बिहान प्रदर्शन गरेका हुन्। प्रदर्शनमा आएकाहरुले ‘ब्याक अफ चाईना’, 'भुमि...

राष्ट्रिय कविता महोत्सव मङ्सिरमा

काठमाडौं –  नेपाल प्रज्ञा प्रतिष्ठानले स्थगित राष्ट्रिय कविता महोत्सव आगामी मङ्सिरको चौथो साता भौतिक दूरी कायम गरी सम्पन्न गर्ने निर्णय गरेको छ । उक्त महोत्सव...

जयनगर–कुर्था रेलमार्ग सहकार्य सम्बन्धि नेपाल–भारत संयुक्त कार्यदलबीच छलफल

काठमाडौँ – रेलमार्ग सहकार्य सम्बन्धी भारत–नेपाल संयुक्त कार्यदलको चौथो बैठक शुक्रबार भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको छ। बैठकमा भारत सरकार रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक...